काठमाडौं । माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मकोलागि स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिएका छन् ।
बैठक आज बिहान ११ बजेबाट बस्ने तयारी थियो । आज बस्ने भनिएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रतिबेदनमा छलफलको क्रममा उठेको प्रश्न र सुझावको प्रचण्डले जवाफ दिने कार्यसुची रहेको थियो ।

























