काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देउवा सरकारले अति नै गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’ उनले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको बताए ।
यसअघिको आफ्नो सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लागिरहेकै बेला नेपाली कांग्रेसका एक सांसदले इनफ इज इनफ भनेको स्मरण गर्दै अध्यक्ष ओलीले वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको बताए ।