काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा सुरु भएको छ । सो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको छ ।
उक्त बैठकमा आगामी निर्वाचनको तयारी, प्रचारप्रसारको व्यवस्थापन, वैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका विषयमा छलफल र निर्णय हुने पार्टी स्रोतले जानकारी दिएको छ ।

























