काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु कमलादीस्थित प्रज्ञा भवन पुगेका छन् ।
आजदेखि सुरु हुने केन्द्रीय समिति बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीति र पदाधिकारी चयनबारे छलफल गर्नेछ । गत पुसमा सम्पन्न महाधिवेशनले १५ सदस्यीय पदाधिकारी गठन गर्ने निर्णय गरे पनि अझै पदाधिकारी चयन हुन नसकिरहेको बेला केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो । माओवादीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतले महासचिव बन्ने आकांक्षा राखेका छन् ।

























