काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम पुगेका छन् । ओली निवास बालकोटमा बिहीबार गौतम पुगेका हुन् ।
एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन् । कम्युनिष्ट पार्टीबीच एकता अभियान चलाएको बताउने गौतमले ओलीलाई भेटेका हुन् ।
नयाँ पार्टी घोषणा गरेको तेस्रो दिन बिहीबार गौतमले ओलीलाई भेटेका हुन् । भेटघाटमा भएको छलफलबारे बताइएको छैन ।

























