काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक पार्टी खोल्ने भएका छन् ।
गौतमले आज दिउँसो पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लागेको बताइएको छ । नेकपा विभाजन भएपछि कतै पनि नलागि पार्टी एकता अभियानमा लागेका गौतमले एकीकरण गर्न नसक्ने अवस्था आएपछि छुट्टै पार्टी खोल्न लागेको बताइएको छ ।
पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) राख्ने बताइएको छ। पार्टीमा संयोजक वामदेव गौतम, सचिव डीबी कार्की र प्रचार विभाग प्रमुखमा निमकान्त पाण्डे रहने स्रोतले बताएको छ ।
पार्टीमा ६९ जना केन्द्रीय सदस्य रहने र ९ सदस्यीय सचिवालय हुने बताइएको छ । त्यस्तै सल्लाहकार समिति र राष्ट्रिय परिषदसमेत गठन गरिने बताइएको छ ।
गौतमको संयोजकत्वमा आइतबार चन्द्रागिरि रिसोर्टमा बैठक बसेको थियो । आज पत्रकार सम्मेलन गरेर वैठकका निर्णय सार्वजनिक गर्नुका साथै नयाँ पार्टी घोषणा गर्न लागेको बताइएको छ ।
वामदेवको नयाँ पार्टीका केन्द्रीय सदस्यहरु