काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पालो पु-याएर मन्त्री बनाउँदैमा समाजवाद नआउने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवादः चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा वरिष्ठ नेता पौडेलले समाजवादको गर्ने तर व्यवहार त्यसअनुसार नगर्ने हो भने समाजवादको कुरा गर्नु अर्थ नभएको बता टिप्पणी गरे ।
उनले मन्त्री बन्न सबैको पालो पुर्याउनुपर्ने चरित्र समाजवादी नभएको बताउँदै समाजवादको कुरा गर्दा रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद आउँछ भन्दै प्रश्न गरे । उनले समाजवादको नारा फलाक्ने तर घोर प्रतिक्रियावादी कामहरू गर्नु उपयुक्त नभएको बताए । नेता, कार्यकर्ता सबैको संस्कार बदले मात्र समाजवाद आउने उनले भनाइ थियो ।
नेकपा एकीकृत समाजवादीले हालै सरकारमा रहेका आफ्ना चारजनालाई फिर्ता बोलाएर नयाँ नेतालाई सरकारमा पठाएको छ । शहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्री आइतबार मन्त्रालयले आयोजना गरेको विदाईमा धर्धरी रोएकी थिइन् ।