काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग गठबन्धनको यात्रा गरेर समाजवादको संकल्प गर्न नसुहाउने बताएका छन् । नरबहादुर कर्माचार्य फाउण्डेसनले सोमबार ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो धारणा राखेका हुन् ।
एमाले महासचिव पोखरेलले समाजवादबारे बहस गर्दा गठबन्धनको संकल्प गर्न नमिल्ने बताए । उनले भने, ‘यात्रा गठबन्धनको, संकल्प समाजवादको मिलेको छैन ।’ यदि कांग्रेसलाई समाजवादी पार्टीका रुपमा स्वीकार नगर्ने हो भने कांग्रेस नेतृत्वको गठबन्धनमा बसेर समाजवादको बहस गर्नु कार्यकर्ता अलमल्याउन मात्र हुने बताए ।
नरबहादुर कर्माचार्य फाउण्डेसनले सोमबार ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तरक्रिया कार्यक्रम राखेको थियो, जसमा प्रमुख दलका शीर्ष नेताहरु वक्ता छन् । सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरुले आगामी चुनावसम्म गठबन्धनलाई निरन्तरता दिइने बताए ।