काठमाडौं । नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको सपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गरेका हुन । सो क्रममा उनले शहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । पदभारपछि मन्त्री चौधरीले क्षमताअनुसार काम गरेर देखाउने प्रतिवद्धता जनाए । उनले आफुले सवैसंग मिलेर काम गर्ने भन्दै पाँच महिनाको अबधीमा नतिजा देखिने गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले यसअघि भएका कामको निरन्तरता र नयाँ काममा आफ्नो ध्यान रहने धारणा राखेका छन् ।


























