काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।
आलेले शुक्रबार ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको बताइएको छ । मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।




















