काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टी निर्णय अनुसार तत्काल मन्त्री परिवर्तन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको छ ।
पार्टीको बुधबार बसेको सचिवालय बैठकले मन्त्री परिवर्तन गर्ने निर्णय तुरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेको जनाएको छ ।
मन्त्रिमण्डलमा एसको टिमलाई बदल्ने भनेर निर्णय गरेकोले त्यो निर्णयलाई सरकारले अहिलेसम्म कार्यान्वयन गर्न नगरेकोमा पार्टीले असन्तुष्टि जनाएको ।
एकीकृत समाजवादी पार्टीले हाल सरकारमा रहेका मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो । त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय गरेको थियो ।