काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दी ओली निवास वालकोट पुगेका छन् ।
नागरिकता र सक्रमणकालीन न्याय लगायतका विधेयक, संसदको चालु अधिवेशन लगायतका विषयमा छलफल गर्न दुई मन्त्री बालकोट पुगेको बताइएको छ ।























