काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा सम्बोधन गर्ने भएका
छन् । रक्षामन्त्रीको समेत जिम्मेवारीमा रहेका देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहररूले उठाएका प्रश्नको जवाफ दिने कार्यतालिका रहेको छ ।
सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरूले जवाफ दिइरहेका छन् । आज नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने कार्यतालिका रहेको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
























