काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महङ्गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्घीयताको खारेजीलगायत बिषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले जनजीविकाका विविध विषय समेटिएको बिभिन्न २० वटा मागका बारेमा सरकारको ध्यानाकर्षण गराएको हो ।
राप्रपाले अन्याय, अत्याचार, उच्च मूल्यबृद्धि, भ्रष्टाचार, रसायनिक मल अभाव, इम्वोष्ड नंवर प्लेट लगाएतका बिषयमा राष्ट्रव्यापी आन्दोलन सुरु गरिएको समेत जनाएको छ । त्यस्तै राप्रपाले खेतिपातीको समयमा नै किसानलाई मलखादको उपलव्ध गराउन माग गरेको छ ।























