काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । उनीहरुबीच बाम गठबन्धनका विषयमा छलफल भएको बताइएको छ ।
आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुगेका थिए । झण्डै साढे २ घण्टा चलेको सो भेटवार्तामा मुख्य तीन विषयमा छलफल भएको निकट स्रोतले बताएको छ ।
सो भेटमा दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलनबारे छलफल भएको बताइएको छ । ‘राष्ट्रियताका बारेमा इतिहासमा नभएको संकट देखा प-यो देश कसरी बचाउने भन्ने बारेमा कुराकानी भयो,’ श्रेष्ठ निकट एक नेताले भने, ‘एमसीसी संसद विघटन पार्टी विभाजनलगायतबारे छलफल भएको छ तर कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न सकिएन । नेता श्रेष्ठले पनि ओलीसँग आफ्नो भेट भएको पुष्टि गरे । सो भेटमा भएको कुराकानीबारे उनले केही खुलाउन चाहेनन् ।

























