काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ ।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो । बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकको कार्यसूची तय गर्ने योजना रहेको नेकपा एमालेले जनाएको छ ।
आजको बैठकमा महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् । साथै सोमबार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठकसमेत बस्ने एमाले स्रोतले जानकारी दिएको छ ।

























