काठमाडौँ । पाँचदलीय सत्ताधारी दलहरुको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बस्ने भएको हो ।
बैठक दिउँसो ३ बजे बस्ने लागेको हो । स्थानीय तह निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्न बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धनको बैठक दोस्रो पटक बस्न लागेको हो ।

























