काठमाडौं । एमाले नेता खगराज अधिकारीले बजेटमा विश्वसनियता नरहेको र कार्यान्वयन गर्न नल्याएको तर्क गर्नुभयो । बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसकेको उहाँको भनाई छ । बजेटमार्फत स्वास्थ्य वीमा प्राइभेट कम्पनीलाई दिएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको उहाले बताउनुभयो ।
अधिकारीले आर्थिक उत्पादन तथा भुक्तानी सन्तुलनमा समेत बजेटले सम्बोधन गर्न नसकेको जिकिर गर्नुभयो ।
























