काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम भ्रमको पुलिन्दा रहेको बताएकी छिन् ।
विगतको सरकारले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नै नेपालको नक्सा अध्यावधिक गरेको उनले बताइन् । संसदबाट पारित भएको विषयलाई कार्यान्वयन गर्ने वर्तमान सरकारले प्रतिबद्धता व्यक्त गर्नुपथ्र्यो त्यसमा सरकार चुकेको उनले बताइन् ।
उनले नक्सा समेटिएको क्षेत्रफल जारी गर्ने कुरामा सरकार चुकेको बताइन् । उनले क्षेत्रफल जारी गर्दै अकुपाई गर्ने प्रबन्ध मिलाउन माग गरिन् ।
नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई प्राथमिकता दिन नसकेको उनले बताइन् । उनले अघिल्लो सरकारले नै ल्याएका कृषि बीमा, पशु बीमा लगायतका कार्यक्रमलाई निरन्तरता दिए पनि नयाँ केही आउन नसकेको जिकिर गरिन् । त्यसैगरी उनले नीति तथा कार्यक्रममा रासायनिक मलको सुनिश्चित गरिने उल्लेख भए पनि वर्तमान सरकारले एक दाना मल पनि ल्याउन नसकेकोमा असन्तुष्टि प्रकट गरिन् ।

























