काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी छुटाएको बताएका छन् । उनले शनिबार संसदमा भएको प्रि–बजेट छलफलमा सरकारले ती तीन स्थानको विषय छुटाएकाले त्यसमा खुट्टा नकमाउन सरकारलाई अनुरोध गरे ।
यसैगरी, नीति तथा कार्यक्रममा अन्तरमन्त्रालय समन्वय कसरी गर्ने भन्ने विषयमा समेत उल्लेख नभएको पोखरेलले बताए । यसका साथै, सुर्तीजन्य वस्तुको प्रयोगका विषयमा समेत सरकार चुप बसेकोमा उनले गुनासो गरे ।
यसबाहेक कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने, माटो परीक्षण गर्ने, सिञ्चाई सुविधा विस्तार गर्ने, उत्पादन बढाउने दशकव्यापी अभियान र स्वास्थ्य क्षेत्रमा लिइएको नीति उपयुक्त भएको उनको भनाइ छ । यसैगरी, विस२०८६ सालभित्रै दिगो विकासको लक्ष्य पुरा गर्ने विषय समेत उत्कृष्ट रहेको पोखरेलले बताए ।




















