काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले मंगलबार निर्माणाधिन काठमाण्डौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको विभिन्न स्थानको स्थलगत निरिक्षण भ्रमण गर्नु भएको छ ।
उक्त निरिक्षण भ्रमणको दौरान वहाँहरुले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित वेशक्याम्पहरु र सडक खण्डहरुको कार्य प्रगतिबारे स्थलगत जानकारी लिनु भएको छ । उक्त निरिक्षणको दौरान निर्माणाधिन महादेवटार सुरुङ्ग खण्ड (प्याकेज १) र लेनडाँडा–धेद्रे सुरुङ्ग खण्ड (प्याकेज २) को हाल भईरहेको कार्यको निरिक्षण गर्नु भई ठेक्का सम्झौता बमोजिम ऋयकत तथा समय सिमाभित्र रही गुणस्तरीय रुपमा तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न र सो को लागि अधिकतम जनशक्ति लगायत मेशिनरी उपकरणहरुको परिचालन गरी आवश्यकता अनुसार Double Shift मा काम गर्ने व्यवस्था मिलाउन समेत Contractor, परामर्शदाता तथा परियोजनाका पदाधिकारीहरुलाई वहाँहरुले निर्देशन दिनु भएको थियो ।
निरिक्षण भ्रमणको दौरान प्रधान सेनापति शर्मा तथा रक्षा सचिव शर्माले निर्माणको गुणस्तर कायम गर्न सम्झौतामा उल्लेख भए मुताविक स्थान विशेषमा नै दुरुस्त ल्याव टेष्टको व्यवस्था गरी निर्माण सामाग्री एवं निर्माण कार्यको गुणस्तर एकिन गर्ने तथा Verification गर्ने व्यवस्था मिलाई परियोजनाको निरन्तर अनुगमन र नियमन गर्न आयोजना प्रमुख तथा अन्तर्राष्ट्रिय परामर्शदातालाई विशेष निर्देशन दिनु भएको थियो ।
प्रधान सेनापति शर्माले उक्त द्रुतमार्गको आसपासमा बस्ने प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रभावित स्थानीय समुदायहरुलाई परियोजनाबाट समुदायलाई हुने लाभबारे विस्तृत रुपमा जानकारी गराउँदै परियोजनालाई समुदाय समेतको सामुहिक सहभागितारस्वामित्वमा संचालन गर्न आवश्यक पहल गर्न समेत परियोजनासँग सम्बन्धित पदाधिकारी, परामर्शदाता, Contractor एवं स्थान विशेषमा आयोजनाको लागि तैनाथी भएका प्राविधिक लगायतका फौज समेतलाई निर्देशन दिनु भएको थियो ।
परियोजनाको योजना तर्जुमा, सार्वजनिक खरिद प्रक्रिया, निर्माण, अनुगमन एवं परिक्षण आदि कार्य गर्दा विद्यमान आर्थिक ऐन, नियमको परिधिभित्र रही प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता एवं अभ्यासलाई समेत आधार लिई कार्य सम्पादन गर्न सम्बद्ध सबैलाई वहाँहरुले निर्देशन दिनु भयो ।
आयोजनाको लागि थप जग्गा प्राप्तिको निमित्त Supplementary EIA सम्बन्धमा आईपरेका समस्या तथा चूनौतीहरुको बारेमा प्रधान सेनापति शर्माले आयोजनाका पदाधिकारीहरुसँग छलफल तथा जानकारी समेत लिई यथासिघ्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिनु भएको थियो ।
उक्त भ्रमणदलमा नेपाली सेनाका रथीवृन्द, द्रुतमार्ग आयोजनाका अन्य पदाधिकारीहरु लगायत नेपाली सेनाका अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।