काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् ।
पार्टीको निर्णयपछि उनले एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने बताए ।
एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्ने नेता पोखरेलको भनाई छ ।
सम्झौता संशोधन वा परिमार्जनमध्ये आफूहरुको माग पुरा नहुने र सम्झौता संशोधनको अर्थ पनि नरहने उनले तर्क गरे ।
व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केही नेताहरु पनि असन्तुष्ट रहेको तर आफूले नाम भन्न नचाहेको पोखरेलले बताए ।