काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) स्थायी कमिटीले एमसीसीलाई जस्ताको तस्तै अनुमोदन गर्न गर्न नसकिने भए पनि संसदमा सघन छलफल गर्न तयार हुने निर्णय गरेको छ ।
बैठकपछि विज्ञप्ति जारी गर्दै नेकपा एसका महासचिव डा. बेदुराम भुसालले बैठकमा वर्तमान राष्ट्रिय परिस्थित र एमसीसीका बारेमा छलफल भएको जानकारी दिएका छन् ।
नेता झलनाथ खनालले एमसीसी कम्याक्ट अध्ययन समुहले तयार पारेको निश्कर्ष प्रस्तुत गरेका थिए । बैठकमा स्थायी कमिटीका २५ जना सदस्यहरुले दुवै विषयमा आ-आफ्ना धारणा राखेको विज्ञप्तिमा जनाइएको छ ।
‘बैठकले एमसीसी कम्प्याक्टलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने तर सार्वभौम संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको छ’ भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।