काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएकाे बताएका छन् ।
सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहकाे निर्वाचन घाेषणा गरेसँगै आशंकाहरु हटेकाे थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ । स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ,’ उनले लेखेका छन् ।
‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन् । सबैले सदैव हेक्का राख्नुपर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन,’ थापाले भनेका छन् ।