काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।
कांग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । समितिमा १४ जना पदाधिकारी र पार्टी सभापतिको प्रस्तावमा अन्य ३१ जना सदस्य रहन्छन् । समितिमा प्रवक्ता स्वतः सदस्य रहने व्यवस्था छ । यद्यपि कांग्रेसले पार्टी प्रवक्ता तोकिसकेको छैन । कोषाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै सदस्यहरु पनि मनोनित हुन बाँकी रहेकाले आज ३७ सदस्यीय समिति बनाइएको बताइएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, फर्मुलाह मन्सुर , उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय (डिना) , भिष्मराज आंङ्दम्बे, जीवन परियार, रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, बिमलेन्द्र निधी, विजय गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुनरनसिंह केसी, प्रकाशशरण महत, सुनिलबहादुर थापा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खांण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, पद्मनारायण चौधरी, उमा रेग्मी, सुजता कोइराला, आनन्द ढुंगाना र जीवनबहादुर शाही सदस्यमा सेमेटिएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेका बेला केन्द्रीय समितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्न सक्ने कांग्रेस विधानको प्रावधान छ । तर कार्यसम्पादन समितिले गरेका निर्णयहरु केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्नेछ ।