Margadarsan


  • मिलमा सल बेरिएर महिलाको मृत्यु

    मार्गदर्शन २८ पुष २०७८, बुधबार

    अछाम । चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाकाे कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुट्ने क्रममा सल बेरिएकाे हो । मृतक बोहराको शरीर दुई भाग भएकाे छ । उनका दुई छोरा र दुई छोरी छन् ।

    फेसबुक प्रतिक्रिया