काठमाडौं । नेकपा (माओवादी केन्द्र) नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज सोमबार बस्ने भएको छ । बैठक अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादीको आठौँ महाधिवेशनले केन्द्रीय कमिटी घोषणा गरिसकेको छ । अब बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।
आठौंँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।