जनकपुरधाम । प्रहरीले जनमत पार्टीका कार्यकर्तामाथि गोली प्रहार गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो ।
आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड रबरको गोली र १६ सेल अश्रुग्यास प्रहार गरेको हो ।
प्रहरीको गोली लागेर जनमत पार्टीका पाँच कार्यकर्ता घाइते भएका छन् भने दुईको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीको गोली लागेर घाइते हुनेहरूमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन् । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बताइएको छ ।
गोली लागेर गम्भीर घाइतेहरूलाई वीरेन्द्रबजार लगिएको जनाइएको छ ।