काठमाडौं । सिन्धुपाल्चोकको चौतारामा पहिलो पटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुला हाफ म्याराथन हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा २४ पुसमा पाँच विधामा हाफ म्याराथन हुन लागेको हो ।
प्रतियोगितामा पुरुष र महिला तथा ४० देखि ५५ वर्षसम्मको भेट्रान्स पुरुष, महिला र ५५ वर्षमाथिका ‘सुपर भेट्रान्स’ हुनेछ । आयोजकले पत्रकार सम्मेलनमार्फत् भेट्रान्सतर्फका सबै इभेन्ट १५ किलोमिटरमा हुने बताएको छ ।
हाफ म्याराथनको महिला तथा पुरुष विजेताले ४४ हजार चार सय ४४ तथा उपविजेता पुरुष तथा महिलाले समान २२ हजार दुई सय २२ पाउनेछन् । प्रतियोगिता साँगाचोकगढीबाट सुरु भइ उल्केनी, इर्खु, मेलचौर, चौतार हुँदै टुँडिखेल पुगेर टुंगिनेछ ।