काठमाडौं । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेकाे छ ।
दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
राति प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
बुधबार पहाडी भेगमा आंशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।