काठमाडौं । आइतबार नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । सरकारले आइतबार धान्यपूर्णिमा र यमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने उपत्यकाबाहिर सम्बन्धि समुदायलाई मात्र बिदा दिएको छ ।
काठमाडौं उपत्यकामा नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । यस दिन चामलको पिठो, खुवा, सख्खर र तिलबाट बनाइने यमरी खाने चलन छ ।
यस दिन योमरी बनाउन बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाउने चलन छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।