काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार महामन्त्रीको १५२० मतगणना गर्दा गगन कुमार थापा ९८५, विश्व प्रकाश शर्मा ६०३, प्रकाश शरण महत ४९१, प्रदिप पौडेल ४४७, मिनेन्द्र रिजाल २५४ र राजाराम कार्की ४७ मत पाएका छन् ।
























