काठमाडौं । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना भइरहेको छ । १०७५ मत गन्दा गगन थापाले ६७३ मत प्राप्त गरेका छन् भने विश्वप्रकाश शर्माले ४३४, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२ र मीनेन्द्र रिजालले १९४ र राजाराम कार्कीले ३८ मत प्राप्त गरेका छन् ।
दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।
सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।
सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।
उपसभापति खड्का देउवा समूहका हुन भने गुरुङ डा. शेखर कोइराला प्यानलका हुन् । महामन्त्रीको मतगणना सकिएपछि सहमहामन्त्रीको गन्न शुरु गरिने बताइएको छ ।