काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिनुभयो ।
उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उहाँले बताउनुभयो । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ ।
मंगलबार राति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा २७३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले १८५५ मत प्राप्त गर्नुभयो ।