काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले रिक्त रहेको दुई सदस्यमा दिवाकार घले र किरण राणालाई नियुक्त गरेको छ ।
सभाले संघको सल्लाहाकारमा ठाकुर प्रताप थापासहित तीनजनालाई नियुक्त गरेको छ । कार्यक्रममा संघका अध्यक्ष अमित पाण्डेले काठमाडौं सधैँ नेपाली क्रिकेटको उर्भरभूमिका रूपमा क्रियाशील रहँदै आएको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्नुभयो ।
‘हामीले कोभिड १९ को महामारीका कारण पछिल्लो दुई वर्ष केही कार्यक्रम गर्न सकेनौँ,’ पाण्डेले भन्नुभयो, ‘अवस्था सामान्य बन्दै छ । अब हामी उही जोश र जाँगरका साथ अघि बढ्छौँ ।’
त्यस्तै संघका सचिव वसन्तराज सत्यालले संघका भावी योजनाहरु प्रस्तुत गर्नुभयो ।
जुनियर छात्र र छात्रा क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेकाे जानकारी दिनुभएका उहाँले २९ मंसिरबाट जिल्लास्तरीय प्रतियोगिता गर्ने पनि बताउनुभयो । उहाँका अनुसार चाँडै नै क्रिक्रेट एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएकाे छ ।