Margadarsan


  • आजको मौसमः पहाडी क्षेत्रमा बदली, प्रदेश १ मा वर्षाको सम्भावना

    मार्गदर्शन २३ मंसिर २०७८, बिहीबार

    काठमाडौं । बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेकाे छ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

    राति प्रदेश १ र २  का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी  दिएकाे छ ।

    फेसबुक प्रतिक्रिया