Margadarsan


  • एमाले महोत्तरीको विवाद टुङ्गियो, महाधिवेशनपछि गहन छलफल गर्ने सहमति

    मार्गदर्शन ९ मंसिर २०७८, बिहीबार

    महोत्तरी । नेकपा एमाले महोत्तरीले माहाअधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद टुङ्गिएकाे छ । महाधिवेशनमा सहभागी हुन यसअघि पठाएकाे नाम सदर गर्दै विवाद सकिएकाे हाे । महाधिवेशनपछि गहन समीक्षा गर्ने गरी सोही नामको सूचीलाई सदर गर्ने निर्णय भएको इन्चार्ज रामदयाल मण्डलले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, `धेरै साथीहरूले असन्तुष्टि जनाएका छन् यो विषयमा पछि छलफल हुनेछ । अहिले माहाअधिवेशन प्रतिनिधि चयन गर्नै पर्ने बाध्यताले हामीले ठिकै छ भनेका हौँ  ।´ महोत्तरीका चार निर्वाचन क्षेत्रबाट जम्मा ३० जना प्रतिनिधि चयन भएका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ बाट सात जना, क्षेत्र नम्बर २ बाट सात जना, क्षेत्र नम्बर ३ बाट ६ जना र क्षेत्र नम्बर चारबट १० जना प्रतिनिधि छन् ।

    फेसबुक प्रतिक्रिया