Margadarsan


  • डडेल्धुरामा ट्याक्टर दुर्घटना, सातजना घाइते, एकको अवस्था गम्भीर

    मार्गदर्शन ५ मंसिर २०७८, आईतवार

    डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आइतबार दिउँसो अमरगढी नगरपालिका–२ आइतबजार नजिक ट्याक्टर दुर्घटना भएको हो।

    सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९ ६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताउनुभयो । ‘सिमेन्ट लोड बढी भएर दुर्घटना भएको अनुमान गरिएको छ। मोडमा ट्याक्टर पल्टिएको हो,’ उहाँले भन्नुभयो ।

    घाइते सातजनामध्ये एकको अवस्था गम्भीर रहेको उहाँको भनाइ छ। घाइते सातैजनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया