काठमाडौं । न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा असर गर्ने उल्लेखिय मौसम प्रणाली विकसित भएको छैन ।
यद्यपि, स्थानीय वायुका कारण बदलीदेखि हल्का वर्षाको सम्भावना भने रहन्छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकीमाका एक-दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।