काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दक्षिण एसियाली प्रतिष्ठित साफ च्याम्पियनसिप २०२१ को उपविजेता बनेको नेपाली टोली आज बिहान ९ः१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने भएको हो ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३-०ले पराजित गर्दै भारतले आठौँपटक साफको उपाधि कब्जा गरेको थियो । प्रतियोगिताको दोस्रो स्थानमा रहेर नेपाल २८ वर्षपछि पहिलोपटक उपाधि होडमा पुगेको थियो । तर, बलियो भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न नसक्दा नेपाल उपाधिबाट वञ्चित हुन पुगेको थियो ।