काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ ।
चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभर खेल्दै ४ विकेट गुमाएर भेटाएको हो । भैरहवाका प्रदीप ऐरीले ४३ बलमा ८ चौका र तीन छक्का हान्दै सर्बाधिक ७२ रन बनाउनुभयो । त्यस्तै तमिनइक्वालले ४० रन बनाउनुभयो । उपुल थाराङ्गाले नटआउट ३९ रनको योगदान गर्नुभयो भने रोहित फौडेलले ६, आरिफ शेख र कुशल मल्लले एक/एक रन जोड्नुभयो ।
चितवनका करिम जनतले दुई र सागर ढकाल र भीम सार्कीले एक/एक विकेट लिनुभयो ।
पहिले ब्याटिङ् गरेको चितवनका करिम जनतले ३५, मोहम्मद साहजादले ३२, सिक्कुगे प्रशन्नाले २४, राजेश पुलामीले १४, दिलीप नाथले १३, कमल ऐरीले ७, देव खनालले ५ र खड्क बोहोराले एक रन बनाउनुभएको थियो ।
भैरहवाका अविनाश बोहोराले तीन, कुशल मल्लले दुई र धम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले एक/एक विकेट लिनुभयो ।
पहिलो हारपछि पनि चितवन शीर्ष स्थानमै छ भने भैरहवा दोस्रो स्थानमा उक्लिएको छ ।