Margadarsan


  • मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपा आन्दोलित

    मार्गदर्शन १६ आश्विन २०७८, शनिबार

    काठमाडौँ । प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलन घोषणा गरेको छ ।

    जसपाको प्रदेश २ मधेस कमिटीले विज्ञप्ति जारी गरी आजदेखि आन्दोलन थाल्ने जानकारी दिएको हो ।

    आज शनिबार साँझ प्रदेश २ का आठै जिल्लाका सदरमुकाममा अख्तियारविरुद्ध मसाल जुलुस र भोलि आइतबार सदरमुकामहरूमा विराेध प्रदर्शन गरिने प्रदेश कमिटीले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया