काठमाडौँ । सर्वाधिक धनराशि भएको एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।
चौथो संस्करणको इपीएल टियु क्रिकेट मैदानमा २३ गतेसम्म सञ्चालन हुनेछ । सो प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पाँच दिन दुई खेल हुनेछन् । उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्र्स र काठमाडौं किंग्स इलाभेन भिड्दैछन् ।
पाकिस्तानी भेट्रान स्टार शाहिद अफ्रिदीले काठमाडौं किंग्स इलाभेनबाट १० नम्बर जर्सी नै लगाएर खेल्दै हुनुहुन्छ । राउन्ड रोविन लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सिधै फाइनलमा पुग्ने छन् । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेल हुनेछ । यस खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । इपीएलको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपीएलले बताएको छ ।