काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य गगनकुमार थापाले नेतृत्वले गलत हर्कत देखाएको भन्दै तीव्र असन्तुष्टि जनाउनुभएको छ । उहाँले नेतृत्वका कारण पार्टीको महाधिवेशन अनिश्चित बन्दै गएकोमा कडा टिप्पणी गर्नुभएको छ । उहाँले पार्टीको हालत खराब हुँदै गएकाले कांग्रेस पार्टीको जनविश्वास गुम्दै भन्दै नेतृत्वलाई सच्चिन समेत सुझाव दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेख्नुभएको छ, ‘ कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नुनपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने ।’
उहाँले प्रश्न गर्दै लेख्नुभएको छ, ‘बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।’
नेताले आदेश दिए पुग्ने र कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने अवस्था रहेको भन्दै उहाँले कांग्रेस पुनर्निर्माण गर्न सोच्नुपर्ने बेला आएको बताउनुभयो ।