काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको वैठक आसन्न विधान महाधिवेशनको तयारीका लागि महत्वपूर्ण मानिएको छ ।
दुई दिनसम्म चल्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल बताइएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गर्नु भएको संगठनात्मक प्रस्ताव बारे छलफल हुने बताइएको छ ।
आइतबार र सोमबार बसेको स्थायी कमिटी वैठकमा पनि अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले विभिन्न सुझाव दिएका थिए ।
केन्द्रीय कमिटीले अनुमोदन गरेपछि राजनीतिक प्रतिवेदन अब १५ देखि १७ गतेसम्म बस्ने विधान महाधिवेशनमा प्रस्तुत गरिने छ ।