काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपालले एमाले पार्टी फुटाएर बेइमानी मात्रै होइन, अपराध नै गरेको दाबी गर्नुभएको छ । बिहीबार नेकपा एमाले विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
एमाले महासचिव पोखरेलले विपक्षी एवम् एमाले विरोधीसँग मिलेर माधव नेपालले पार्टी फुटाएर ऐतिहासिक राजनीतिक गल्ती गरेको जिकिर गर्नुभयो ।
उहाँले पार्टी फुटाउने कसैको पनि राजनीतिक भविष्य राम्रो नभएको दाबी गर्नुभयो । ढिलोचाँडो अहिले पार्टी फुटाउनेले पनि पछुताउनुपर्ने भन्दै उहाँले एमाले पार्टी फुटाएर माधव नेपालले भयंकर ठूलो तथा अक्षम्य गल्ती गरेको बताउनुभयो ।