काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई पद तथा गोपनियताको सपथ गराउनुभएको । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई सपथग्रहण गराउनुभएको हो ।
मंगलबार बसेको सत्तारुड दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्र मन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमतिपछि प्रधानमन्त्री देउवाले खड्काको नाम सिफारिस गर्नुभएको जनाइएको छ ।
यद्यपि नेपाली कांग्रेसको पौडेल समूहले भने पार्टीभित्र छलफल नगरी देउवाले एकलौटी ढंगले मन्त्री नियुक्त गरेको भन्दै तीव्र असन्तुष्टि जनाएको छ ।