Margadarsan


  • एकदिवसीय बरीयतामा नेपालको एक स्थान सुधार

    मार्गदर्शन २९ भाद्र २०७८, मंगलवार

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले जारी गरेको नयाँ वरीयतामा नेपालको एकदिवसीय वरीयता एक स्थान सुधार भएको हो ।

    एकदिवसीय वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । यसअघि नेपाल १६ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्नु केही घण्टाअगाडि मात्रै सार्वजनिक भएको हो ।

    नेपाल र ओमानबीचको खेल अल अमिरात क्रिकेट मैदानमा आज दिउँसो ४:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा अमेरिकालाई हराएर उत्साहित बनेको नेपाल घरेलु टिमविरुद्ध जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

    एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन् । एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका  पाँचौं स्थानमा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया