Margadarsan


  • असोजको दोस्रो सातादेखि दसैंको अग्रिम टिकट बुकिङ खुलाउने तयारी

    मार्गदर्शन २९ भाद्र २०७८, मंगलवार

    काठमाडौं । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दसैंको अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असोज ८-९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो ।

    विभागका महानिर्देशक नमराज घिमिरेका अनुसर दसै‌ंमा उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ । ‘प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालयमा पनि यसबारे छलफल भएको छ,’ उहाँले भन्नुभयो,’दसैंमा सुरक्षित तवरले यात्रुलाई घरसम्म पुर्‍याउन फेरि छलफल गरेर बुकिङ शुरु हुने मिति टुंग्याउँछौं ।’

    कोरोनाको महामारी शुरु हुनअघि दशैंमा करिब २० देखि २५ लाख यात्रुले उपत्यका छाड्ने गरेका थिए । गत वर्ष भने सो संख्या आधा घटेको थियो । अहिले संक्रमणको लहर कम भएकाले यो वर्ष दशैंमा घर जानेको संख्या गत वर्षभन्दा धेरै हुने अनुमान थियो । गत वर्ष सरकारले अग्रिम टिकट बुकिङ नखुलाउँदा बाहिरिने यात्रुले अनेकन सकस भोग्नु परेको थियो ।

    फेसबुक प्रतिक्रिया