झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । झापाको बिर्तामोडमा आयोजना गरिएको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँ झापा जाने हुनुभएको हो ।

नेकपा एमाले विभाजनपछि जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्न अध्यक्ष ओली झापा जान लाग्नुभएको हो ।

कार्यकर्ता भेलामा वडा अध्यक्षदेखि माथिल्लो कमिटीका नेता कार्यकर्ता सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।